नवप्रवर्तन पुरस्कारका लागि प्रस्ताव आव्हान

नवप्रवर्तन पुरस्कारका लागि प्रस्ताव आव्हान 27Jun

No photo description available.

इन्जिनियरिङ क्षेत्रको व्यवहारिक ज्ञानसँगै नविनतम सोचलाई प्रोत्साहन गर्दै मूलतः प्रविधि विकास र तथ्यमा आधारित नीति निर्माण गर्न एवम् कार्यमूलक अनुसन्धान मार्फत समाजमा विद्यमान समस्याहरुको पहिचान गर्न सघाउ पु¥याउने उद्द्ेश्यका साथ नविनतम सोच, अनुभव तथा विशेषज्ञता भएका क्षमतावान ईन्जिनियर तथा आर्किटेक्टहरुलाई ने.ई.ए बागमती नवप्रवर्तन पुरस्कार कार्यक्रम २०७७ का लागि रीतपूर्वक अवधारणा पत्र तथा अनुसन्धान प्रस्ताव यस सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र पेश गर्न नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश आव्हान गर्दछ ।
समग्र विश्व नै कोभिड–१९ विरुद्धको अभियानमा होमिएको अवस्थामा यसले ल्याएका समस्याको प्रतिरोधका लागि आवश्यक पर्ने प्रविधि विकास गर्न वा विद्यमान प्रविधिहरुलाई सुधार गर्दै नविनतम प्रविधि विकास गर्न कुल ४ वटा प्रस्तावलाई पुरस्कृत गरिने छ जसमा प्रति प्रस्ताव अधिकतम रु १,००,०००/– (एक लाख रुपैया सम्म मात्र) सम्म पुरस्कार प्रदान गरिनेछ । साथै यसको उपयोगिता, यथाशिघ्र सम्पन्न हुन सक्ने अवस्था र यस महामारीका विरुद्ध लड्न अत्यावश्यक प्रविधि विकासलाई विशेष प्राथमिकता दिइनेछ ।

क्षेत्रहरु ः
१. बायोमेडिकल ईन्जिनियरिङ,
२. कृषि ईन्जिनियरिङ, प्रविधि तथा यान्त्रिकीकरण, खाद्य सुरक्षा तथा आजीविका
३. आईसीटी, आर्टिफिसियल इन्टीलीजेन्स (AI), सूचना प्रविधि, डिजिटलाइजेशन, ईलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा संचार ईन्जिनियरिङ
४. WASH, दीगो पूर्वाधार, विपद पूर्वतयारी प्रविधि ।

नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश,
सम्पर्क नं ९८५१२२९२८९, ९८५६०७७५६०, ९८५११२१९८३
ईमेल ःbagmati@neanepal.org.np

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्

NEA INNOVATION AWARD DETAIL NOTICE